बुधबार, चैत ४, २०८२

हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

सिमकोट- हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ। हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो। 

National life

जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आयोजित गोष्ठीमा चैत २५ गतेदेखि वैशाख पाँच गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइएको छ।

कार्यालयका निमित्त प्रमुख प्रेम सिंहका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने भए पनि हुम्ला भौगोलिक विकटता भएका कारण चैत २५ देखि वैशाख पाँच गतेसम्म खोप लगाएर सम्पन्न गरिने भएको हो।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेका बालबालिकाका लागि स्वास्थ्यकर्मी खटाइने यदि हिमपातले र विविध समस्याले स्वास्थ्यकर्मी जान नसके दोस्रो पटकको अभियानमा लगाइने भएको कार्यालयका निमित्त प्रमुख सिंहले बताए।

हुम्लाका सातवटा गाउँपालिकामा १५० वटा खोप केन्द्र रहेको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ। नाम्खामा १८, सिमकोट २५, खार्पुनाथ १८, सर्केगाड २५, चंखेली २५, अदानचुली १९ र ताँजकोट २० गरेर १५० वटा खोप केन्द्रबाट यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको हो।

Laxmi sunrise bank
kumari

यस्तै उक्त खोप पाउने बालबालिकाको संख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोट ५ हजार २८३, खार्पुनाथ २ हजार ९३०, सर्केगाड ४ हजार ९९०, चंखेली २ हजार ८५५, अदानचुली ३ हजार ९२२ र ताँजकोटमा ३ हजार ७८ बालबालिकालाई खोप लगाइने भएको छ।

हुम्ला जिल्ला भौगोलिक विकटता जिल्ला भएर चैत २५ देखि वैशाख ५ सम्म नेपाल सरकारको यो अभियान सम्पन्न गर्ने लक्ष रहेको बताइएको छ।

टाइफाइड रोगविरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, नयाँ भैरवी दल गुल्मका मेजर गणेश खड्का, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओला, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख गेहेन्द्र भण्डारीलगायतको सहभागिता थियो।

प्रकाशित: Apr 05, 2022| 08:10 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्