सोमबार, भदौ २९, २०८३

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.लोक्सोम नियुक्त

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पाँचथरका डा.लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

विराटनगर- प्रदेश १ सरकारले योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुत्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पाँचथरका डा.लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी यसअघि एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्रको कोटाबाट आयोगको सदस्य भएका थिए। शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै आयोगमा उपाध्यक्ष सुवोधराज प्याकुरेल र सदस्यहरुले राजनीमा दिएका थिए। ७ महिनापछि आयोगलाई सरकारले पूर्णता दिएको छ। 

मन्त्रिपरिषद्को बैठकले सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का(मोरङ)लाई नियुक्त गर्ने निर्णय गरेको छ। 

बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ। उपाध्यक्ष, सदस्य सचिव भीम आचार्य नेतृत्वको सरकारको समयमा नियुक्त भएका थिए। 

मन्त्रिपरिषद्को बैठकले बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरि स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। 

बैठकले सरकारको प्रवक्तामा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जिम्मेवारी दिएको छ।

प्रकाशित: Apr 05, 2022| 07:28 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।