बुधबार, असार ३१, २०८३

प्रदेशको राजधानी र नामाकरणका लागि विशेष समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि प्रदेश ७ को संसदले विशेष सुझाव समिति गठन गरेको छ।
 
सोमबारको संसद बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यी बिशेष सुझाव समिति गठन गरिएको जानकारी दिए।

समितिमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी सदस्य छन्। समितिमा रहेका श्यामलाल राना नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन भने अन्य सबै नेकपाबाट निर्वाचित सांसद हुन्। समितिलाई यहि साउन २१ गते भित्र सरोकारवाला सबै पक्षसँग उपयुक्त छलफल गरि प्रतिवेदन पेश गर्ने जिम्मेवारी सभामुखले तोकेका छन्। 

समितिका संयोजक तारा लामा तामाङले सभामुखसँग परामर्श गरि कार्यबिधि तयार गर्ने बताए। उनले भने–‘हामीलाई तोकिएको समय भित्र सरोकारवाला सबै पक्षसंग छलफल गरि विवादरहित स्थान र नामाकरण सहित प्रतिवेदन पेश गर्ने प्रयत्न गर्नेछौं।’ 

झण्डै एक महिना अघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सभा संचालन भएको लामो समय बितिसक्दा पनि राजधानीको स्थान र नामाकरणबारे छलफल शुरु नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो।

हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको छ। स्थायी राजधानीका लागि कैलालीकै अत्तरिया र डोटीे दिपायलको पनि चर्चा चलेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।