आइतबार, साउन ३१, २०८३

चितवनका सातवटै पालिकामा पाँच दलीय गठबन्धन

सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तहको चुनावमा चितवनका सबै पालिकामा तालमेल गर्ने भएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तहको चुनावमा चितवनका सबै पालिकामा तालमेल गर्ने भएका छन्। सोमबार कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले तालमेलको  निर्णय गरेको हो। 

बैठकले जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ। चितवनका अन्य पालिकामा खासै विवाद नभए पनि भरतपुर महानगरपालिकामा भने कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेका छन्। भरतपुर माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि हो। भरतपुरमा उनले छोरी रेणुलाई पुनः उम्मेदवार बनाउन खोजेका छन्।

यसअघिको स्थानीय चुनावमा चितवनका ७ मध्ये भरतपुर महानगरसहित माडी नगरपालिकामा माओवादीले जिते‍को थियो। भरतपुरमा कांग्रेसको समर्थनमा रेणु मेयर बनेकी हुन्। ४ वटा नगरपालिकामा एमालेले जितेको थियो भने इच्छाकामना गाउँपालिकामा कांग्रेसले जितेको थियो।



प्रकाशित: Apr 04, 2022| 14:31 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...