बुधबार, असार ३१, २०८३

संसदीय सुनुवाइ समितिको बैठक अचानक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानन्यायाधीश दीपकराज जोशीको टुंगो लगाउन संसदीय सुनुवाइ समितिको बैठक एकाएक स्थागित भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले जोशीबारे अन्तिम निर्णय हुने भनिएको थियो। 

बिहीबार जोशीलाई बोलाएर समितिले उनका सम्बन्धमा परेको उजुरीका सम्बन्धमा आफ्नो धारणा राख्ने मौका दिएको थियो। संसद नियमावलीअनुसार समितिका दुइ तिहाइ सदस्यले स्वीकार वा अस्वीकार गर्नुपर्ने व्यवस्था छ। बैठकमा नेकपाले उनको नाम अस्वीकार गर्ने तयारी गरेको थियो। 

१५ सदस्य समितिमा संघीय समाजवादी फोरमको समेत गरि सरकार पक्षका १० सांसद छन् । कांग्रेस सम्बद्ध ४ र राजपा सम्बद्ध एक छन्। 
 
संसदीय समितिको अर्को बैठक १६ गते साँढे तीन बजे बस्ने भएको छ। सांसद योगेश भट्टराइृका अनुसार प्रतिपक्ष साँंसदको समेत सहमति लिएर निर्णय गर्नका लागि स्थगित भएको बताए। स्रोतका अनुसार मंगलबार नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको र त्यसलाई  उसले नारा बनाउन सक्ने भन्दै स्थगित भएको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।