बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • देश, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् : माधव नेपाल

देश, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपा एमाले अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको टिप्पणी गरेका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपा एमाले अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको टिप्पणी गरेका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। 

Kumaribank

उनले भने, ‘देशका निम्ति, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन्।’ ओली परिवर्तन विरोधी भएको आरोप पनि उनले लगाए। आगामी निर्वाचनमा बामपन्थको नाममा बर्को ओढेकाहरुलाई पराजित गर्नुपर्ने उनको भनाइ छ। 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिल्नेसम्म गठबन्धन हुने उनले बताए। अध्यक्ष नेपालले भने, ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ।’ नेपाली कांग्रेसभित्र स्पष्ट रुपमा दुई धार रहेको अध्यक्ष नेपालले बताए। गठबन्धन गर्नुपर्छ भन्नेलाई सँगै लैजानुपर्ने र नगरौं भन्नेलाई एक्लै उठ्न दिनुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले भने, ‘गठबन्धन गर्नु हुँदैन भन्नेलाई एक्लै उठ्न दिनुपर्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भाजपाको पार्टी कार्यालय जानु ठिक नभएको बताए। आफूलाई सो कुरा व्यक्तिगत रुपमा ठिक नलागेको उनले बताए। उनले भने,‘ म पनि प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ। देशको प्रतिनिधि भएर पार्टी कार्यालय जानु ठिक भएन। पार्टीगत रुपमा भाजपाको कार्यालय गएको भए ठिकै हो।’

प्रकाशित: Apr 04, 2022| 13:42 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।