शुक्रबार, जेठ १, २०८३

दुर्घटनामा परी बेहुलासहित एकै परिवारका १४ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- विवाह पार्टीमा जाँदै गरेका बेहुलासहित एकै परिवारका १४ जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ। 

विवाह पार्टीका लागि जाँदै गरेको भ्यान मध्य भियतनाममा सोमबार एक कन्टेनरसँग ठोक्किदा दुर्घटना भएको हो। उनीहरु बेहुलीको घर जानेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको  दुर्घटनामा बेहुलासहित एकै परिवारका अन्य सदस्यको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उनीहरु स्थानीय समय अनुसार सोमबार बिहान २:३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए।

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।