बुधबार, असार ३१, २०८३

संसदीय सुनुवाइ समितिको बैठक जारी, जोशीबारे के होला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा टुंगो लगाउन संसदीय सुनुवाइ समितिको बैठक शुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकले जोशीबारे आज अन्तिम निर्णय गर्ने भएको छ। 

बिहीबार जोशीलाई बोलाएर समितिले उनीमाथि परेका उजुरीका सम्बन्धमा  आफ्नो धाराण राख्ने मौका दिएको थियो। संसद नियमावली अनुसार समितिका दुर्इ तिहाइ सदस्यले स्वीकार वा अस्वीकार गर्नुपर्ने व्यवस्था छ। बैठकमा नेकपाले उनको नाम अस्वीकार गर्ने तयारी गरेको छ।

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि नेपाल कम्युनिस्ट पार्टीले दीपकराज जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको बेला कांग्रेसले पनि त्यसमा विरोध नगर्ने भएको छ।
 
कांग्रेसले त्यसमा विरोध जनाउने वा बैठक बहिस्कार गर्ने अनुमान गरिएको थियो।  कांग्रेसको तर्फबाट संसदीय समितिमा सदस्य रहेका सांसद भीमसेनदास प्रधानले भने, ‘कुनै भिन्न मत वा नोट अफ डिसेन्ट हुँदैन, जे निर्णय हुन्छ सर्वसम्मतले हुन्छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।