बुधबार, चैत ४, २०८२

संसदीय अभ्यासबारे प्रशिक्षण दिन उपत्यकास्तरीय 'नमुना संसद्' सञ्‍चालन

संसदीय अभ्यासबारे प्रशिक्षण दिने उद्देश्यले पहिलो पटक उपत्यकास्तरीय नमुना संसद् सञ्‍चालन गरिएको छ। ट्रीटन इन्टरनेशनल कलेज, काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्‍न कलेजहरुमा माध्यामिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सहभागी गराएर नमुना संसद् सञ्‍चालन गरिएको हो।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- संसदीय अभ्यासबारे प्रशिक्षण दिने उद्देश्यले पहिलो पटक उपत्यकास्तरीय नमुना संसद् सञ्‍चालन गरिएको छ। ट्रीटन इन्टरनेशनल कलेज, काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्‍न कलेजहरुमा माध्यामिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सहभागी गराएर नमुना संसद् सञ्‍चालन गरिएको हो। 

National life

जसमा सहभागीहरुलाई व्यवस्थापिका एवं कार्यपालिकाको विभिन्‍न जिम्मेवारी प्रदान गरी व्यवहारिक अनुभव गराउन  कानुन संकाय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागीतामा नमुना संसद कार्यक्रम सम्पन्‍न गरेको हो।

चैत १८ गते र चैत १९ गते शुभश्री कलेज अफ म्यानेजमेन्ट नयाँ बानेश्वर काठमाडौंको सभा हलमा सम्‍पन्‍न कार्यक्रम अन्तर्गत चैत्र १८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म विनोद खत्रीले २७ कलेजका ८७ जना सहभागीहरुलाई प्रशिक्षण गराएका थिए।


त्यसैगरी चैत १९ गते भएको नमुना संसद्‌मा भने २० कलेजबाट ७१ जना विद्यार्थीहरु सहभागी भएको ट्रीटन कलेज सीईओ ऋतु न्यौपानेले जानकारी दिइन्। उनले भनिन्, 'मुलुकमा भइरहेको संसदीय अभ्यासबारे जानकारी गराउने उद्देश्यले गरिएको यो कार्यक्रम निकै सफल भएको छ। यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई भोलिका दिनमा मुलुकको संसदीय अभ्यासबारे जानकारी गराउनेछ।'

Laxmi sunrise bank
kumari

नयाँ युवा नयाँ सोच,नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द दिप मडैले प्रतियोगितामा ३ वटा विधाअन्तर्गत उत्कृष्ट बहसकर्ता आदर्श जनप्रेमी कलेजबाट युवराज खड्का, उत्कृष्ट अनुसन्धानकर्ता ट्रीटन कलेजबाट दिना कार्की तथा उत्कृष्ट नेतृत्वकर्ता ट्रीटन कलेजबाट दिपेश यादव बनेको जानकारी दिए। 

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एव पूर्वमन्त्री रचना खड्काले नमुना संसद् अहिलेका विद्यार्थीहरुलाई अपरिहार्य, अत्यावश्यक र समय सान्दर्भिक भएको बताएकी छन्। उनले थपिन्, 'यस्ता कार्यक्रमहरु विद्यालयस्तरीय, नगरस्तरीय, प्रदेशस्तरीय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्छ।'


 

प्रकाशित: Apr 03, 2022| 22:49 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्