आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवा भाजपा मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण

प्रधानमन्त्री देउवा भाजपा मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण

परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको स्पष्ट पारेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको स्पष्ट पारेका छन्। 

प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरीत भाजपाको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभइ पार्टी सभापतिको हैसियतमा प्रधानमन्त्रीले भ्रमण गरेको स्पष्ट पारेका हुन्। 

आइतबार साँझ प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, 'कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरीत भन्‍न मिल्दैन। यो कूटनीतिक मर्यादा विपरीत भन्‍ने धारणा ठिक होइन। नेपाली कांग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली कांग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। सोही सिलसिलामा भाजपाको मुख्यालय जानुभएको हो।'

परराष्ट्रमन्त्री खड्काले चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली कांग्रेसले राम्रो सम्बन्ध राखेको र भारतको कांग्रेस पार्टीसँग पनि राम्रो सम्बन्ध भएको बताए। उनले थपे, 'अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन। उहाँ नेपाली काँग्रेसको सभापति भएको नाताले पार्टी पार्टीबीचको सम्बन्धलाई विस्तार गर्नका लागि, सम्बन्ध कायम गर्नका लागि उहाँ भाजपा पार्टीको मुख्य कार्यालयम जानु भएको हो।’ 

प्रकाशित: Apr 03, 2022| 20:55 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...