आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुनिल थापाले भने- धनकुटामा 'क्लिन स्वीप’ गरेर एमालेलाई हामी 'बोल्ड आउट' गर्छौं

सुनिल थापाले भने- धनकुटामा 'क्लिन स्वीप’ गरेर एमालेलाई हामी 'बोल्ड आउट' गर्छौं

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आइतबार भएको कार्यक्रलाइ सम्बोधन गर्दै थापाले भने, 'एमालेले यसअघि चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने तर, मलाई अहिले अपसोच लागेको छ, एमालेहरु अहिले कुन दुलोमा लुकेर बसेका छन्।’
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

धनकुटा- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रय सदस्य सुनिलबहादुर थापाले नेकपा एमालेलाई धनकुटामा क्लिन स्विप गर्ने बताएका छन्।

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आइतबार भएको कार्यक्रलाइ सम्बोधन गर्दै थापाले भने, 'एमालेले यसअघि चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने तर, मलाई अहिले अपसोच लागेको छ, एमालेहरु अहिले कुन दुलोमा लुकेर बसेका छन्।’

उनले यसपटकको चुनावमा एमालेलाई 'क्लिन स्वीप’ गरेर 'बोल्ड आउट' गर्ने बताएका हुन्। 

धनकुटाको छिन्ताङ घटनालाइ अतिरन्जित गरी सहिद परिवारलाइ ३० वर्षदेखि एमालेले बन्धकबनाई सहिदको नामामा लुटर खाँदै आएको र त्यहाँका सहिद परिवारलाई एमालेले बन्दक बनाएर राखेको थापाको आरोप छ। 

०७४ सालको चुनावको मैदानमा उत्रिँदा मैले छिन्ताङमा गएर भनेको थिए, 'म काठमाडौं गएर सहिद घोषणा गरेर मात्रै धनकुटा फर्कन्छु। त्यो प्रतिज्ञा गरेर काठमाडौं गएको थिए। त्यो प्रतिज्ञा मैले निभाउन पाए। हामीले उहाँहरुलाइ सहिद घोषण गर्यौं। आज पनि एमालेले सहिदको नाममा भ्रष्टचार, लुटतन्त्र र ठगीखाने भाँडो बनाएको छ। म सहिदका परिवारलाई भन्‍न चाहान्छु, अब तपाईंहरु उठ्नूस्, उहाँहरुको बन्धकमा बस्‍ने होइन। तपाईं यो देशको नागरिक हो। आउनुस्, प्रजातन्त्रलाइ जोगाउनलाई एक भएर हामी काम गरौं।’ 

थापाले सांसदहरुलाइ प्रश्‍न गर्दै भने, 'म सोध्‍न चाहान्छु माननीयज्यूहरुलाई। उहाँहरुले वर्षको सात करोड रुपैँया विकासको कार्यक्रमको लागि पाउनुहुन्छ। आज जंगे सांसदज्यूले ३५ करोड रुपैँया यो ठाउँबाट लिसक्नु भएको छ। त्यो पैसाले के–के कार्यक्रम दिनुभयो,  धनकुटाका जनतालाई? के–के विकास गर्नु भयो? अब लेखाजोखा गर्नुपर्‍यो। यति मात्र हैन धनकुटाका सात वटा पालिकामा ४०–५० करोड भ्रष्टचार भएको छ। म यहि ठाउँबाट चुनौति दिन्छु त्यो ४० करोड रुपैँया बेरुजी कसरी भयो? यदि त्यो बेरुजी नभएको भए भ्रष्टचार के बाट सुरु भयो?’


प्रकाशित: Apr 03, 2022| 20:15 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...