चितवन- नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद नपाए गठबन्धन तोड्ने चेतावनी दिएको छ। आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एक्लै चुनावमा जाने निर्णय गरेको हो।
'महानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरी तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको छ,' काङ्ग्रेस चितवनले भन्यो।
भरतपुरको मेयर पदमा नेकपा माओवादी केन्द्रले पनि दाबी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा माओवादीकै दाबी रहेको बताएका थिए।
कांग्रेससँग तालमेल गरेरै यसअघिको स्थानीय चुनावमा माओवादी उम्मेदवार प्रचण्डपुत्री रेणु दाहालले चुनाव जितेकी थिइन्।