आइतबार, साउन ३१, २०८३

नेपालसहित १४ सांसदविरुद्ध ओलीको रिटमाथि चैत २७ मा सुनुवाइ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटमाथि चैत २७ गते सुनुवाइ हुने भएको छ। 

आइतबारका लागि तोकिएको उक्त मुद्दाको सुनुवाई न्यायाधीश नहकुल सुवेदीले 'हेर्न नमिल्ने' भएपछि सारिएको हो। 

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने भन्दै न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने' उल्लेख गरेका हुन्। 

एमालेको आन्तरिक अनुशासन तोडेको भन्दै ओलीले नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखसमक्ष सिफारिस गरेका थिए। तर उक्त सिफारिसमाथि कारबाही नहुँदै नेपालले नयाँ दल दर्ता गराएपछि ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। 


प्रकाशित: Apr 03, 2022| 18:17 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...