शुक्रबार, जेठ १, २०८३

कोभिडको बुस्टर डोज तीन महिनामै लगाउन सकिने

सरकारले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सकिने निर्णय गरेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

National life

काठमाडौं– सरकारले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सकिने निर्णय गरेको छ। यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो। 

राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि बुस्टर डोज दिन सिफारिस गरेको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरेर तीन महिनामै बुस्टर दिन पत्राचार गरेको छ।

प्रकाशित: Apr 03, 2022| 16:24 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्