आइतबार, साउन ३१, २०८३

'पाँचदलीय गठबन्धनका देशद्रोहीलाई सोध्नुपर्छ- चुच्चे नक्सा खोइ?'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई देशद्रोही भएको आरोप लगाएका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई देशद्रोही भएको आरोप लगाएका छन्। नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा  सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समावेश भएको चुच्चे नक्सा हटाएर बुच्चे नक्सालाई मान्यता दिएको समेत आरोप लगाएका छन्। 

'शेरबहादुर देउवाले सरकारका सय दिनका प्रगति सार्वजनिक गर्दै राष्ट्रको प्रतीक चिह्न राख्नु भयो। त्यसमा तर बुच्चे नक्सा राख्नु भयो। चुच्चे नक्सा हटाउनुभयो,' ओलीको भनाइ छ, 'सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारका प्रगति विवरणमा चुच्चे नक्सा हटाउनु के यो साधारण कुरा हो?'

त्यति मात्र नभएर भारत भ्रमणमा पुगेका बेला प्रधानमन्त्री देउवाले आफ्नो सरकारले जारी गरेको चुच्चे नक्सालाई विस्थपान गरेर बुच्चे नक्सा दिल्ली दूतावासमा झुन्ड्याएको समेत आरोप लगाए। भारतलाई खुशी पार्नका लागि देउवाले यस्तो गरेको उनको आरोप छ। 

'हिजो मात्रै दिल्लीस्थित दूतावासमा बुच्चे नक्सा राखिएको छ। चुच्चे नक्सा हटाइएको छ,' प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न छ, 'यो भन्दा राष्ट्रिय दलाली, योभन्दा लज्जाजनक कुरा के हुन्छ? यही राष्ट्रिय बेइमानीका लागि जानु भएको हो उहाँ दिल्ली? दिल्ली दूतावासमा हाम्रो संविधानअनुसार बनेको नक्सा राखेर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ?'

वर्तमान गठबन्धन सरकारले सत्ता स्वार्थकाल लागि देश द्रोह गरेको उनको आरोप छ। 'वर्तमान पाँचदलीय गठबन्धन सत्ता स्वार्थका लागि त्यत्रो सौदाबाजी गर्छ। पाँचदलीय गठबन्धनका देशद्रोहीलाई सोध्नुपर्छ- चुच्चे नक्सा खोइ? सुटुक्क चोरेर, दलाली गरेर अर्को (बुच्चे) नक्सा झुन्ड्याउने? त्यसबेला संविधानको अंग बनाएको थाहा छैन? अनि के चै थाहा छ त?'

प्रधानमन्त्री देउवा भारत भ्रमणमा छन्। भारत भ्रमणका क्रममा उनले नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतीय समकक्षी नरेन्द्र मोदीलाई आग्रह गरेको बताएका थिए। देउवा आइतबारै स्वदेश फर्कंदैछन्। 

प्रकाशित: Apr 03, 2022| 14:26 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...