आइतबार, साउन ३१, २०८३

१४ सांसदको मुद्दा 'हेर्न नमिल्ने'मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधवकुमार नेपालसहितका १४ जना सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधवकुमार नेपालसहितका १४ जना सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ। उक्त रिटको पेशी आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो।

सो मुद्दामा यसअघि गरिएको आदेशका कारण हेर्न नमिल्ने भएको हो। न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसँग सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र उक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका छन्।

रिटमार्फत अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन्।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन्। रिटमा विपक्षी बनाइएका निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको पनि रिटमा भनिएको छ। 

प्रकाशित: Apr 03, 2022| 13:48 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...