काठमाडौं- संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दीपकराज जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको बेला कांग्रेसले त्यसमा विरोध नगर्ने भएको छ।
जोशीको नाम संसदीय सुनुवाइमा अस्वीकृत गर्ने नेकपाको तयारी छ। कांग्रेसले त्यसमा विरोध जनाउने वा बैठक बहिस्कार गर्ने अनुमान गरिएको थियो।
कांग्रेसको तर्फबाट संसदीय समितिमा सदस्य रहेका सांसद भीमसेनदास प्रधानले भने, ‘कुनै भिन्न मत वा नोट अफ डिसेन्ट हुँदैन, जे निर्णय हुन्छ सर्वसम्मतले हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४