काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्।
नयाँ दिल्लीबाट एअर इन्डियाको विमानमार्फत देउवा बनारस पुगेका हुन्। प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले बाबतपुर विमानस्थलमा स्वागत गरेका छन्।
प्रधानमन्त्री देउवालाई काशीका ठाउँ-ठाउँमा सांस्कृतिक नाचका साथ स्वागत गरिएको छ।
देउवा नयाँ दिल्लीबाट बिहान ९ बजे बनारस प्रस्थान गरेका थिए। बनारसमा देउवाले काल भैरव, विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्।
बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाडौं फर्कनेछन्।