काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्।
टोखामा आयोजना हुनलागेको भेलालाई सम्बोधन गर्न ओली मध्यान्ह १२ बजे कार्यक्रमस्थल पुग्ने भएका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओली विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन्। ओलीले देशका विभिन्न क्षेत्रमा पुगेर अन्य दल त्यागेका नेताहरूलाई पार्टीमा प्रवेश गराइरहेका छन्।