बुधबार, असार ३१, २०८३

मध्यरातमा सुन्दरीजलमा बोलबम ( भिडियाे )

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मध्यरात। गेरुबस्‍त्रधारीहरू 'बोलबम बोलबम' भन्दै खाली खुट्टा दौडिरहेका छन्। धुप र लाइटको धिपधिपे उज्यालोमा उनीहरू सुन्दरीजल पसेर डुबुल्की मार्छन् अनि धुनी बालेर धमाका मच्चाउँछन्। त्यहाँबाट 'सुन्दरी जल' बोकेर उनीहरू पशुपतिनाथलगायत शिवालय पुग्छन्। 

साउनको हरेक सोमबारको अघिल्लो रात सुन्दरीजल 'बोलबम' ले गुञ्‍जिन्छ। लाग्छ, 'बोलबम यात्रा' ले निदाएको सुन्दरीजल पनि रातमै ब्यूँझिन्छ।  

शिवका भक्तहरूका लागि साउन विशेष महिना मानिन्छ। साउन शुरु भएसँगै हरेक सोमबार शिवका नाममा ब्रत बस्‍ने  र बोलबम यात्रा गर्ने गरिन्छ। साउनको दोस्रो सोमबार पनि शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। राजधानी र आसपासका क्षेत्रबाट शिवका भक्तहरू पैदलै आइतबार मध्यरातमै सुन्दरीजल पुग्छन्।

पौराणिक कालमा देवता र दानवहरू मिलेर गरेको समुद्र मन्थन पनि साउनमै भएको विश्वास रहिआएको छ। त्यसक्रममा निस्किएको कालकुट विष भगवान् शिवले नै सेवन गरेका थिए।  विषका कारण घाँटी हरियो भएकाले उनलाई नीलकण्ठ नामबाट पनि हिन्दु धर्मावलम्बीले चिन्ने गर्छन्। 

कालकुट विषको डाह शान्त पार्न उनी रसुवामा पर्ने गोसाईंकुण्ड आएको धार्मिक विश्वास छ। गोसाईंकुण्डमा आएपछि देवगणले जल अभिषेक गरेर भगवान् शिवको पीडा शान्त बनाएको विश्वास गरिन्छ। यस कारण पनि साउनमा शिवलिंगलाई जलाभिषेक गर्ने गरिएको हो। शिवालयमा सोमबार ब्रत बसेर जल चढाउदा मनोकामना पूरा हुने विश्वास गरिन्छ। 

निकै रोमाञ्‍चक तर जोखिमपूर्ण लाग्‍ने मध्यरातको बोलबम यात्रा नेपाल समयको क्यामरामा...


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।