काठमाडौं- जापानबाट ५ लाख १३ हजार मात्रा खोप शनिबार बिहान काठमाडौं आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराउने भनेको १६ लाख मात्रा खोपमध्ये ५ लाख १३ हजार नेपाल आइपुगेको हो।
स्वास्थ्य सेवा विभागका अनुसार बिहान ९ बजे कतार एयरको जहाजबाट एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको खोप नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गराएका थिए। यसअघि शुक्रबार भुटानबाट २ लाख ३० हजार मात्रा खोप आइपुगेको थियो।