धनगढी- कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीचको सहमतिपछि आफन्तले शव बुझेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अस्पतालले राहत तथा क्षतिपूर्ति दिने र प्रहरीले घटनाको आवश्यक छानविन गर्ने सहमतिपछि आफन्तले शव बुझेका छन्।
शनिबार बिहान गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि स्थानीय आक्रोशित बनेका थिए।
आक्रोशित स्थानीयले डाक्टरको लापरबाहीका कारण झाडापखालाका बिरामी बोहराको ज्यान गएको आरोप लगाएका थिए। उनीहरूले अस्पतालमा ढुंगामुडासमेत गरेका थिए।