बुधबार, कात्तिक १९, २०८२

नोबेल अस्पताका चिकित्सक मृत फेला, आत्महत्याको आशंका

नोबेल शिक्षण अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत फेला परेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

विराटनगर– नोबेल शिक्षण अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत फेला परेका छन्। 

Kumaribank

अस्पताल नजिकै डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान यादव मृत फेला परेको प्रहरीले जनाएको छ। 

सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका करिब २७ वर्षीय यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।

घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनास्थलको प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादव मेडिकल अफिसरका रुपमा नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए। ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताए।

Metro Mart

प्रकाशित: Apr 02, 2022| 17:32 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।