काठमाडौं- यस वर्षको फिफा उत्कृष्ट खेलाडी अवार्डका लागि क्रोएसियाली मिडफिल्डर लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन् ।
गत वर्ष ३३ बर्षीय क्रिसिटयानो रोनाल्डो यो पुरस्कारबाट सम्मानित भएका थिए । उनले लगातार दुई वर्ष लिओनल मेसी र नेइमारलाई उछिन्दै यो अवार्ड जितेका थिए । तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखा परेका छन् ।
भर्खरै ३० हजार व्यक्तिको सहभागीता रहेको मत सर्वेक्षणमा मोड्रिचलाई धेरैले मन पराएका छन् । स्पेनबाट प्रकाशित हुने पत्रिका ‘एस’ ले गरेको सर्वेक्षणअनुसार उनी सबैभन्दा अगाडी छन् । जसमा मोड्रिचलाई मात्र ४६ प्रतिशत मत परेको छ ।
फिफाले केही समयअगाडि उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, मेसी, केभिन डि ब्रुयन, एन्टोनी ग्रिजम्यन, इडेन हाजार्ड, ह्यारी केन, केलियन बाप्पे, लुका मोड्रिच मोहम्मद सालाह र राफायल भारानको नाम सार्वजनिक गरेको थियो ।
सर्वेक्षणमा मोड्रिचलाई १४ हजार २ सय २७ मत (४६ दशमलव ७८ प्रतिशत), रोनाल्डोलाई १७ दशमलव ५९ प्रतिशत, मेसीलाई १४ दशमलव ४१ प्रतिशत, ग्रिजम्यनलाई १२ दशमलव ८ प्रतिशत, भारानलाई ३ दशमलव ६५ प्रतिशत, बप्पेलाई २ दशमलव ८३ प्रतिशत, सालाहलाई ० दशमलव ८ प्रतिशत, हाजार्डलाई ० दशमलव ७४ प्रतिशत, ब्रुयनलाई ० दशमलव २९ प्रतिशत र केनलाई ० दशमलव ११ प्रतिशत मत प्राप्त भएको थियो । फिफा वर्ष खेलाडी अवार्ड सेप्टेम्बर २४ मा लन्डनमा आयोजना हुँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४