आइतबार, मंसिर ७, २०८२

अपराजित रहँदै नेपाल फाइनलमा, मलेसिया बाहिरियो

नेपालले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा २२३ रन बनाएर २२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मलेसिया १९ ओभर पाँचमा अलआउट भएपछि नेपालले ८५ रनको जित निकालेको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- कीर्तिपुर मैदानमा जारी टी-२० क्रिकेट शृंखलामा अपराजित रहँदै नेपाल फाइनल पुगेको छ। लिग चरणका चार खेलमा जित जित निकाल्दै आठ अंक बनाएर नेपाल फाइनलमा पुग्दा मलेसिया भने सिरिजबाट बाहिरिएको छ।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका दीपेन्द्र सिंह ऐरीले सतक र रोहित कुमार पौडेलले अर्धशतक बनाएपछि मलेसियलाई २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

नेपालले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा २२३ रन बनाएर २२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मलेसिया १९ ओभर पाँचमा अलआउट भएपछि नेपालले ८५ रनको जित निकालेको हो।

मलेसियालाई विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले अविजित ११० रनको सतकीय पारी खेले। उनले ५७ बलमा १० चौका रछ छक्काको सहयोगमा सो रन जोडेका हुन्।

यसअघि नेपाली टिमका तर्फबाट पारस खड्का, ज्ञोनेन्द्र मल्ल, कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्। दिपेन्द्र टी-२० मा शतक हान्ने चौथो खेलाडी बनेका छन्।

Laxmi sunrise bank
kumari

आजकै खेलमा नेपाली युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले पहिलो अर्धशतक प्रहार गरेका छन्। उनले आफ्नो १५औं अन्तर्राष्ट्रिय टी-२० आईमा पहिलो अर्धशतक पुरा गरेका हुन्।

शनिबार त्रिवी क्रिकेट मैदानमा रोहितले ३४ बलको सामना गर्दै पाँच चौकाको सहयोगमा ५१ रनको अर्धशतकिय पारी खेलेका हुन्।

रोहितलाई खेलको १४औं ओभरमा मुहम्मद अमिरले आउट गराएका थिए। रोहितले डिप मिड विकेटमा गरेको प्रहार मुहमद सहयदतले क्याच गरेका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १२ रन बनाए भने आरिफ शेखले पनि १८ रनको  योगदान दिए। त्यस्तै मोहम्मद आदिल आलमले १४ रन बनाए। मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह र सियाजद्धुल इदरुस र मुहम्मद अमिरले समान १-१ विकेट गिराए।

जवाफमा मलेसियाका ओपनर विरनदिप सिंह अर्धशतकभन्दा तीन रनले पछि रहे। उनले खेलको २६ बलमा नौ चौकासहित ४७ रन बनाएका हुन्। अर्का ओपनर जुवादी जल्किफ भने गोल्डेन डगआउट भए।

तेस्रो नम्बमा मैदान पसेका अहमज फैजले कुशल भुर्तेलको हातबाट क्याच हुनुअघि ३१ ब्लमा ३३ रन बनाइसकेका थिए। सियाद अजिजले १७ रन बनाउँदा अनिमोल अफिज्सले १८ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेलले चार क्याच गरे। उनको दुई क्याचको विकेट सन्दिप लामिछानेको नाममा रह्यो भने समान एक-एक क्याचको विकेट कमल सिंह ऐरी र रोहितको नाममा रह्यो। घाइते भएर मैदान छोड्नुअघि कमलले दुई ओभरमा २० रन दिएर दुई विकेट गिराएका थिए।

यसबाहेक दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए भने सन्दिपको हातबाट इदरुस कट एन्ड बोल्ड आउट भए। टी २० मा पहिलो पटक बलिङ गरेका कुशल भुर्तेलले पहिलो बलमै विकेट गिराएका छन्। उनले मलेसियाका अफिज्सले लाई दिपेन्द्रको हातबाट क्याचआउट गराएका हुन्। 

त्यसपछि बलिङमा आएका रोहित पौडेलले पनि मुहम्मद वाफिकलाई कुशलको हातबाट क्याचआउट गराए। टी-२० आईमा रोहितले पनि पहिलो विकेट लिएका हुन्। 

प्रकाशित: Apr 02, 2022| 16:02 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।