आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० आईमा शतक हान्ने दीपेन्द्र चौथो खेलाडी, मलेसियालाई विशाल लक्ष्य

टी-२० आईमा शतक हान्ने दीपेन्द्र चौथो खेलाडी, मलेसियालाई विशाल लक्ष्य

नेपालले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा २२३ रन बनाएर २२४ रनको लक्ष्य प्रस्तुत गरेको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- कीर्तिपुर मैदानमा जारी टी-२० क्रिकेट शृंखलामा र दिपेन्द्र सिंह ऐरीले सतक र  रोहित कुमार पौडेलले अर्धसतक बनाएपछि नेपालले मलेसियलाई २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

National life

नेपालले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा २२३ रन बनाएर २२४ रनको लक्ष्य प्रस्तुत गरेको हो।

शृंखलाको फाइनलमा पुगिसकेको नेपालले मलेसियालाई विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले अविजित ११० रनको सतकीय पारी खेले। उनले ५७ बलमा १० चौका रछ छक्काको  सहयोगमा सो रन जोडेका हुन्। 

यसअघि नेपाली टिमका तर्फबाट पारस खड्का, ज्ञोनेन्द्र मल्ल, कुशल भुर्तेलले सतक प्रहार गरिसकेका छन्। दिपेन्द्र टी-२० मा सतक हान्ने चौथो खेलाडी बनेका छन्।

आजकै खेलमा नेपाली युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले पहिलो अर्धसतक प्रहार गरेका छन्। उनले आफ्नो १५औं अन्तर्राष्ट्रिय टी-२० आईमा पहिलो अर्धसतक पुरा गरेका हुन्।

Laxmi sunrise bank
kumari

शनिबार त्रिवी क्रिकेट मैदानमा रोहितले ३४ बलको सामना गर्दै पाँच चौकाको सहयोगमा ५१ रनको अर्धसतकिय पारी खेलेका हुन्।

रोहितलाई खेलको १४औं ओभरमा मुहम्मद अमिरले आउट गराएका थिए। रोहितले डिप मिड विकेटमा गरेको प्रहार मुहमद सहयदतले क्याच गरेका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १२ रन बनाए भने आरिफ शेखले पनि १८ रनको योगदान दिए। त्यस्तै मोहम्मद आदिल आलमले १४ रन बनाए।

मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह र सियाजद्धुल इदरुस र मुहम्मद अमिरले समान १-१ विकेट गिराए। अब शृंखलाको फाइनलमा पुग्नका लागि मलेसियाले २२४ रन बनाउनु पर्नेछ।

प्रकाशित: Apr 02, 2022| 14:52 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।