आइतबार, साउन ३१, २०८३

कांग्रेसको निर्वाचन प्रचार समितिमा ६७ सदस्यीय

उनले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’मा सदस्य मनोनित गरेका छन्।

उनले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा. गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, धु्रव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठ रहेका छन्।

केन्द्रीय सदस्य राजीवविक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र शान्ति परिवार विक समितिको सदस्यमा मनोनित भएका छन्।

यसबाहेक समितिको सदस्यमा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष पदेन सदस्य हुने गरी मनोनित गरिएको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 12:45 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...