बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीएलएको अध्यक्षमा कोइराला र सिटौला प्यानलका अधिकारी निर्वाचित

डीएलएको अध्यक्षमा कोइराला र सिटौला प्यानलका अधिकारी निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नवलपरासी- नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा योगेगेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी सिताराम केसीलाई ९४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्ष पदमा विजयी भएका हुन् ।

विजयी अधिकारी शंशाक कोइराला र कृष्ण प्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थिए भने पराजित केसी बरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उठेका थिए । सभापति शेरबहादुर देउवाको गुटबाट भने रामकुमार श्रेष्ठ र केदार कार्की अध्यक्ष पदको उम्मेदवार बनेका थिए ।  

नवलपरासीको गैँडाकोटमा भएको १० औं महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा भने सुरेस पौडेललाई निर्वाचित गरेको छ । उनी पनि कोइराला र सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थिए । कांग्रेसका शीर्ष नेताहरुको प्रत्यक्ष निगरानीमा निर्वाचन भएको थियो । 

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, खुल्ला सचिवमा खड्गबहादुर बुढाथोकी , महिला सचिवमा विष्णु बस्याल र कोषध्यक्षमा शोभा खतिवडा कोइराला विजयी भएका छन् । 

यस्तै उपाध्यक्षमा तीन नम्बर प्रदेशबाट राजु कट्वाल, पाँच नम्बरबाट गोर्काा सिंह थापा निर्वाचित भएका छन् भने बाँकी प्रदेशबाट उपाध्यक्षमा निविरोध चयन भएका छन् । चार वटा प्रदेश र १ महिलासहित ५ जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

महिला उपाध्यक्षमा शुष्मा बास्कोटा बराल, प्रदेश १ बाट मुरारी खड्का, प्रदेश २ बाट राजनप्रसाद दाहाल, कर्णाली प्रदेशबाट खड्गबहादुर सिजापति र प्रदेश ७ बाट दिलबहादुर जेठारा निर्विरोध निर्वाचित भएका छन् ।  

४३ पदका लागि भएको निर्वाचनमा १८ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा प्रदेश १ बाट अश्विनीकुमार भट्टराई, प्रदेश २ बाट सन्तोषकुमार पाण्डे, प्रदेश ५ बाट निर्मल गौतम, कर्णाली प्रदेशबाट दमनराज वम र प्रदेश ७ बाट उद्धवराज भट्ट रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।