जनकपुरधाम- सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चन्द्रनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार/सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए।
चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।