आइतबार, साउन ३१, २०८३

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।

समितिको बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगर र वार्ड कार्यसमितिमा आवश्यकता अनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देश गर्ने।’

कांग्रेस सभापति देउवाले डा. महतको संयोजकत्व रहेको स्थानीय निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिमा शुक्रबार ६७ जना मनोनयन गरेका थिए। सो समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र(मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ। समितिले भनेको छ, ‘प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने। स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने।’

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्री निर्माण गर्ने र रेडियो, एफ.एम. टी.भी. प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ। समितिले उक्त कार्यका लागी पार्टी सम्बद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी , सञ्चारकर्मी र अन्य पेसागत संस्थाहरूलाई परिचालन गर्ने तथा प्रचार सामाग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उप–समिति गठन गर्ने निर्णय पनि गरेको छ।

समितिले नेपाली कांग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचार प्रसारका लागि उपयोग गर्ने तथा आवश्यकता अनुसार परिष्कृत गर्दै जाने निर्णय पनि गरेको छ।


प्रकाशित: Apr 02, 2022| 11:19 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...