बिहीबार, साउन २८, २०८३

बिरामीको मृत्युपछि अत्तरिया तनावग्रस्त [तस्बिरहरू]

शनिबार बिहानैबाट यहाँको अवस्था तनाबग्रस्त बनेको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का बिरामी बिनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

अत्तरिया- कैलालीको अत्तरिया तनाबग्रस्त बनेको छ। अत्तरियामा रहेको पदमा अस्पतालमा उपचाररत एक बिरामीको ज्यान गएपछि अवस्था तनाबग्रस्त बनेको हो।

शनिबार बिहानैबाट यहाँको अवस्था तनाबग्रस्त बनेको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का बिरामी बिनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

झाडापखाला भएर अस्पतालमा उपचारका लागि आएका र चिकित्सकको लापरबाहीले उनको मृत्यु भएको आफन्तको आरोप छ। उनको निधन भएपछि आफन्त आक्रोशित बनेका छन्। अस्पतालमा तोडफोडसमेत भएको छ। जसका कारण अवस्था तनाबग्रस्त बनेको हो।

अस्पताललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ। स्थानीयले प्रहरीले ताकेर अश्रुग्यास प्रहार गरेको भन्दै विरोध जनाएका छन्। अहिले धनगढी रोड पूर्ण रूपमा बन्द गरिएको छ। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले समस्या सामाधानको लागि छ्लफल भइहेको बताएका छन्।




 तस्बिर सौजन्य : पत्रकार हेमराज भट्ट

प्रकाशित: Apr 02, 2022| 11:03 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।