बिहीबार, साउन २८, २०८३

पेट्रोल पम्पमा नाकाबन्दीको झल्को दिने लाइन

काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।

पेट्रोल अभाव हुन सक्ने त्रासले मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लागेका छन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि सवारी चालकहरूमा पेट्रोलियम पदार्थको अभाव हुने त्रास छाएको हो।

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहानैदेखि पेट्रोल पम्पहरूमा ठूलो लाइन देख्न सकिन्छ।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ।

प्रकाशित: Apr 02, 2022| 10:13 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।