बिहीबार, साउन २८, २०८३

माटोले पुरिएर अछाममा एक महिलाको मृत्यु

अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको ज्यान गएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

अछाम- अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा मंगलसेन नगरपालिका-७ जैशीगाउँकी २६ वर्षीया धनसरा जैशी रहेकी छन्। 

घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँमा सोही गाउँकी १४ वर्षीया चन्द्रा जैशी गम्भीर घाइते भएकी छन्।

माटो खन्ने क्रममा च्यापिएर घाइते भएकी उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 10:25 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।