मंगलबार, कात्तिक १०, २०८३

सवारी दुर्घटनामा अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियमामा सवारी दुर्घटनामा परी एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- अष्ट्रेलियमामा सवारी दुर्घटनामा परी एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको हो।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको एनआरएनए तास्मानियाले जनाएको छ।

त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको हो। सशान्तको शव नेपाल पठाउने वा अष्ट्रेलियामै अन्त्यष्टि गर्ने भन्नेबारे परिवारसँग छलफल भइरहेको बताइएको छ।

सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए। पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए।

प्रकाशित: Apr 02, 2022| 10:05 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...