बिहीबार, साउन २८, २०८३

अस्पताल अगाडि मृत भेटिए नोबेलका डाक्टर

विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक डाक्टर मृत फेला परेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

विराटनगर- विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक डाक्टर मृत फेला परेका छन्।

विगत तीन वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका हुन्। सप्तरीको राजविराज घर भई  विराटनगरमा बस्दै आएका २८ वर्षीय यादब शनिबार बिहानै अस्पताल अगाडि मृत भेटिएका छन् । 

एमबीबीएस डाक्टर यादव नोबेलमा तीन वर्षदेखि अर्थोपेडिक वार्डमा कार्यरत थिए। उनले एमबिबिएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ। मृतकका आफन्तले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नाराबाजी सुरु गरेका छन्।

प्रकाशित: Apr 02, 2022| 09:55 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।