आइतबार, साउन ३१, २०८३

अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

भद्रपुर- नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ।

नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो। नवगठित कमिटीको सचिव गंगा लम्साल रहेकी छन्।

जिल्ला सदस्य  शर्मिला खातिको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर कमिटी उपाध्यक्ष कुमारी सोर्णिका सिंहले गरेका थिए। प्रमुख अतिथि सरु न्यौपानेले हजारौं शहीदको बलिदाबाट प्राप्त संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताइन्।

उनले महिलाहरुले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको बताउँदै अब सही नेतृत्व चयन गर्ने बेला आएको बताइन्।

राज्यको मूल प्रवाहमा महिलाहरुलाई ल्याउन माओवादीले दिलाएको अवसर र अधिकारको स्मरण दिलाउँदै उनले सही प्रतिनिधि छनौटमा प्रत्येक महिलालाई प्रशिक्षण दिन सुझाव दिइन्।

कार्यक्रममा १ नम्बर प्रदेश सदस्य तथा ३ नम्बर क्षेत्रीय इञ्चार्ज  डिल्ली घिमिरे (हिक्मत), संगठनकी केन्द्रीय सदस्य निरु खतिवडा, झापा अध्यक्ष बन्दना झांगड, नगर इञ्चार्ज नरेस सञ्जेल, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

प्रकाशित: Apr 02, 2022| 09:10 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...