काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाने भएका छन्। उनी बिहान साढे १० बजे दिक्तेल जाने भएका हुन्।
पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लगेका छन्। उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन्।
निर्वाचनको संघारमा ओली देश दौडाहामा छन्। उनले शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए।