बिहीबार, साउन २८, २०८३

भ्यानको ठक्करबाट हिँडेका शिक्षकको मृत्यु

भ्यानको ठक्करबाट शनिबार बिहान झापामा एक शिक्षकको मृत्यु भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काँकडभिट्टा- भ्यानको ठक्करबाट शनिबार बिहान झापामा एक शिक्षकको मृत्यु भएको छ। 

अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा-६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ५:१५ बजे प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो। निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन्।

उनीसँगै मर्निङ वाकमा हिँडेका बिर्तामोड-५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन्। उनलाई उपचारका लागि बी एन्डी सी अस्पताल लगिएको छ।

प्रकाशित: Apr 02, 2022| 08:10 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।