शुक्रबार, फागुन २२, २०८२

श्रीलंकामा आपत्काल घोषणा

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ।

आर्थिक सङ्कटको विरोधमा सयौं प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो। आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।  

राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन्। राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन्। 

स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेको खबर बीबीसीमा उल्लेख छ। श्रीलंकाको पश्चिमी प्रान्तमा आजदेखि लागू हुने गरी मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागेको छ। 

श्रीलंकामा अहिले नियमित रुपमा दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको छ भने खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत हम्मेहम्मे परेको छ।  

kumari

२ करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ।

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया पर्यटन क्षेत्र खस्कनु, अर्गानिक खेतीमा समस्या देखिनु र वैदेशिक ऋण नै भएको भनिएको छ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो। अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ। तर, सन् २०१९ को अन्तिमबाट कोभिड–१९ आतंक सुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भएको थियो।

प्रकाशित: Apr 02, 2022| 07:25 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।