शनिबार, पुस ५, २०८२

एनपीएलको तयारी पूरा

 |  शुक्रबार, मंसिर १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

National life

भोलिदेखि सुरू हुने प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातिसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए। अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे।

एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही भागमा रंगमात्र लगाउन बाँकी रहेको छ। बाँकी काम भने सम्पन्न भइसकेको छ।

प्रतियोगिताको उद्घाटन खेल भोलि हुँदैछ। जसमा जनकपुर बोट्ल्सले विराटनगर किंग्सको सामना गर्नेछ। दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैँछन्। जनकपुरका कप्तान अनिल साहले प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गरे।

त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गरे। उनले भने, ‘सबैले जित्नको लागि नै खेल्ने हो,  हामी पनि जित्न कै लागि खेल्छौँ।’

Laxmi sunrise bank
kumari

एनपीएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ। बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।

जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन्। जनकपुरका कप्तान अनिल साहले आफूलाई व्यवस्थापनले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए। उनले भने, ‘मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला। आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो।’ सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन्।

प्रकाशित: Nov 29, 2024| 20:46 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्