बिहीबार, साउन २८, २०८३

वागमती प्रदेशका केही स्थानमा हल्का वर्षा

भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहँदा नेपालको विभिन्न ठाउँमा वर्षा हुने भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहँदा नेपालको विभिन्न ठाउँमा वर्षा हुने भएको छ। 

प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहरको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   

आज दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहनेछ।

विभागका अनुसार आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेनेछ।

मधेस प्रदेशमा आंशिक बदली रहने र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 06:52 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।