बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिल्लीबजारको एक होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला

डिल्लीबजारको एक होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौंको डिल्लीबजारस्थित एक होस्टेलमा एक जना विद्यार्थी मृत फेला परेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- काठमाडौंको डिल्लीबजारस्थित एक होस्टेलमा एक जना विद्यार्थी मृत फेला परेका छन्। टाइम्स कलेजमा ११ कक्षामा अध्ययनरत रही डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलमा बस्दै आएका १९ वर्षीय मनीष सेन्चुरी होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

सेन्चुरीको शुक्रबार बिहान झुन्डिएको अवस्थामा होस्टलको कोठमा नम्बर ७ मा शव फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युलाई परिवारले शंकास्पद भनेको छ। 

सर्लाही लालबन्दी नगरपालिका-२ स्थायी घर भएका उनी विगत आठ महिनादेखि उक्त होस्टलमा बस्दै आएका थिए।

उनको शव झ्यालको पर्दा अड्याउने डन्डीको क्लिपमा कलेजकै टाइमा झुन्डिएको अवस्थामा फेला परेको हो। घटना बारे अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 06:29 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।