शुक्रबार, कात्तिक २८, २०८२

समाजवादीका नेताले भने - गठबन्धन शतप्रतिशत नहुन सक्छ

विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशङ्का भने कामयै भएको बताए।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आसन्न स्थानीय तह निर्वाचनमा सबै स्थानमा पाँच दलीय गठबन्धन हुनेमा आशंका व्यक्त गरेका छन्। विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशङ्का भने कामयै भएको बताए।

National life

'कतै एकै दलको मात्र बाहुल्य भएको हुनसक्छ । त्यस्तो ठाउँमा किन गठबन्धन गर्ने भन्ने कुरा हुनसक्छ । स्थानीय तहका कार्यकर्ताबाट त्यस्तो आउन सक्छ । कतै बागी उम्मेदवार खडा गर्ने र गोप्यरूपमा उसलाई सहयोग गर्ने पनि हुनसक्छ,' मुख्यमन्त्री पाण्डेले भने, 'हामी पनि टेष्टेड भएका छैनौँ, के होला भन्ने छ । गठबन्धन ८० प्रतिशत ठाउँमा विश्वासपूर्ण रूपमा कायम हुन्छ।'

मुख्यमन्त्री पाण्डेले गठबन्धनसँग उम्मेदवार भाग लगाउँदा एमालेले जितेको जति हामीलाई दिनुपर्छ भन्ने बताए। 'छलफल होला केही थपघट होला तर दाबी भने एमालेले जितेको जति हामीलाई चाहिन्छ भन्ने नै छ । यसको खाका एक सातामै टुङ्गो लाग्नेछ,' उनले भने। 

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन लागेको समेत दाबी गरे। उनले बागमती प्रदेशभित्रका ११९ स्थानीय तहका एक-एक जनालाई एसईई पछि तीन वर्षे प्राविधिक शिक्षा पढाएर आ–आफ्नो स्थानीय तहमा पठाउने योजनाको निर्णय भइसकेको जानकारी दिए। 

यस्तै, बागमती प्रदेशभित्रका सामुदायिक विद्यालयबाट एसईई गरेर सामुदायिक कलेजमा उच्च शिक्षा लिने सबै छात्राहरूलाई छात्रवृत्ति दिने पनि मुख्यमन्त्री पाण्डेले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 01, 2022| 23:20 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।