मंगलबार, कात्तिक १०, २०८३

यूएईमा थुनिएका पत्रकार पाण्डेलाई रिहा गर्न माग

संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ। 

नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन्। 

दूतावासका बारेमा आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा लेखेकै आधारमा दूतावासले नै पत्रकार पाण्डेलाई थुनाउनु दूतावासको गैरजिम्मेवार भूमिका भएको प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासङ्घ यूएई शाखाका पूर्वअध्यक्ष भूपराज बस्यालले बताए। 

पत्रकार पाण्डेलाई विदेशी भूमिमा थुनाउन दूतावासका अधिकारीहरूले नै भूमिका खेलेको प्रमाणहरू आफूहरूलाई प्राप्त भएको दाबी गर्दै उहाँले त्यसमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग पनि आफूहरूको रहेको उनले उल्लेख गरे। 

विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूताबासबाटै आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न हुनु विश्वभरका सबै प्रवासीका लागि डर लाग्दो विषय भएको सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका महासचिव जीवन भण्डारीले बताए।

यूएईको अदालतले पत्रकार पाण्डेलाई नेपाली झण्डै साढे छ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, पाण्डेको सम्पत्ति सबै जफत गर्ने, देश निकाला गर्नेलगायतका सजाय तोकेको छ। पाण्डेको तर्फबाट अहिले फैसला सच्याउन पुनरावलोकनको प्रक्रिया भइरहेको पाण्डेका भिनाजु पिताम्बर भुसालले जानकारी दिए। 

यूएईस्थित दूतावास र नेपाल सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शनको आयोजना गरेको युथ कंग्रेसका केन्द्रीय सदस्य तथा प्रदर्शनका संयोजक किरण खनालले जानकारी दिए। नेपालमा रहँदा लेखिएको ‘स्ट्याटस’को आधारमा यूएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उनले बताए।

प्रकाशित: Apr 01, 2022| 22:50 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...