शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
 |  शनिबार, साउन २३, २०७८

देव राना

देव राना

शनिबार, साउन २३, २०७८

सुर्खेत- जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

National life

पीडितलाई न्याय र वडाध्यक्षलाई कानुनी कारबाही गर्ने प्रक्रिया अगाडि बढिरहदा पीडित युवा नै वडाध्यक्षको बचाउमा लागेका छन्। ‘पीडितले गल्ती मैले गरेको हुँ, वडाध्यक्षलाई थुन्न पाइँदैन भनेर बयान दिएका छन्,' जाजरकोटका डीएसपी मधुकुमार थापाले भने, ‘पीडितले उजुरीसमेत दिन मानेका छैनन्।’ पीडित नै वडाध्यक्षको बचाउमा लागेपछि प्रहरी अप्ठ्यारोमा परेको छ। 

‘मदिरा खाएर गल्ती त मैले गरेको हुँ, थुन्ने भए मलाई थुन भन्छन्,’ पीडितको भनाई उदृढ गर्दै डीएसपी थापाले भने, ‘प्रहरीले पीडितलाई न्याय दिलाउने हो, यहाँ त पीडित नै वडाध्यक्षको बचाउमा लागेका छन्।’ पीडित युवाले बरू आफू जेल जान तयार हुने तर वडाध्यक्षलाई थुन्न नहुने अडान राख्दै आएका छन्। वडाध्यक्षले पीट्नु भएकै होइन भनेर उनले जिद्दी गर्दै आएका छन्।

पीडितले घटनामा आफू नै दोषी भएको जिकीर गर्दा प्रहरीलाई न्याय दिन अप्ठ्यारो भइरहेको छ। सम्झाउँदा नमानेपछि वडाध्यक्षले पिटे जस्तो मात्रै गरेको पीडितको बयान छ। वडाध्यक्ष र पीडित युवा प्रहरी नियन्त्रणमा छन्। पीडितले उजुरी नदिए पनि प्रहरीले वडाध्यक्षविरुद्ध शुक्रबार दुर्व्यवहारसम्बन्धी मुद्दा चलाएको छ।

‘वडाध्यक्षविरुद्ध पीडितले उजुरी दिएनन्, प्रहरीले भिडियोका आधारमा दुर्व्यवहारसम्बन्धी मुद्दा चलाएको छ,’ डीएसपी थापाले भने, ‘अब सोही अनुसार कानुनी कारबाही हुन्छ।’ प्रहरीले शुक्रबार जाजरकोट अदालतमामा वडाध्यक्षविरुद्ध दुर्व्यवहार सम्बन्धी मुद्दा दायर गरेको हो। साउन १५ गते वडाध्यक्ष नेपालीले सर्पेलाई वडा कार्यालयमै डोरीले बाधेर कुटपिट गरेका थिए। घटना साउन १९ गते मात्रै बाहिरिएको थियो। वडाध्यक्ष पक्राउ परेपछि केही स्थानीयले पनि रिहाइको माग गर्दे विरोधप्रदर्शन गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2021| 10:37 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।