आइतबार, साउन ३१, २०८३

कांग्रेसले विदेश गएका नेपालीलाई भोट हाल्‍न बोलाउने

नेपाली कांग्रेसले विदेशिएका नेपालीलाई स्वदेशमा आएर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भोट हाल्‍न आह्वान गर्ने भएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसले विदेशिएका नेपालीलाई स्वदेशमा आएर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भोट हाल्‍न आह्वान गर्ने भएको छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपाली जनतालाई मतदानको बेलामा स्वदेशमा आई नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गर्ने निर्णय गरेको हो।

समितिले प्रचार प्रसारलाई ब्यापक बनाउन निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रदेखि तल्लो तहसम्म मिडिया सेन्टर निर्माण गर्ने निर्णय पनि गरेको छ। साथै पार्टीले स्थानीय घोषणा पत्र तयार गर्ने निर्णय पनि भएको छ।

शुक्रबार मात्रै पार्टी सभापति शेर बहादुर देउवाले महत नेतृत्वको प्रचार प्रसार समितिमा ६७ जना मनोनित गरेका थिए।

यसअघि स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले वडा तहसम्म नै निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचनका अभियानहरु सञ्‍चालन गर्ने र चैत अन्तिमसम्ममा सबै उम्मेदवारहरुको नाम टुंग्याउन पनि निर्देशन दिएको छ। 

कांग्रेसले स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णयसमेत यसअघि नै गरिसकेको छ। 

प्रकाशित: Apr 01, 2022| 21:20 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...