आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालीमा भारतीय विदेशमन्त्रीको ट्विट, भने - देउवाको भ्रमणले छिमेक सम्बन्ध अझ बलियो

नेपालीमा भारतीय विदेशमन्त्रीको ट्विट, भने - देउवाको भ्रमणले छिमेक सम्बन्ध अझ बलियो

उनले प्रधानमन्त्री देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउने कुरामा विश्‍वस्त भएको बताए। विदेशमन्त्री जयशंकरले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेकोसमेत बताएका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवासँग भेट गरेपछि भारतीय विदेशमन्त्री जयशंकरले अंग्रेजी, हिन्दी र नेपाली भाषामा ट्वीट गरेका छन्।

उनले प्रधानमन्त्री देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउने कुरामा विश्‍वस्त भएको बताए। विदेशमन्त्री जयशंकरले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेकोसमेत बताएका छन्।

उनले ट्विटमा लेखेका भनेका छन्, 'भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।’

५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली अवतरण गरेका हुन्। उनलाई भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेाक थिए। 

दिल्ली पुगेलगत्तै भारतीय विदेशमन्त्रीले पहिलो भेट गरेका हुन्। त्यसपछि भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणा स्वागत गर्दै प्रधानमन्त्री देउवा भाजपाको मुख्यालय पुगेका हुन्। 

उनलाई भाजपाका अध्यक्ष नाड्डाले स्वागत गरेका थिए। 


प्रकाशित: Apr 01, 2022| 20:59 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...