सोमबार, वैशाख २९, २०८२

रामचन्द्र पौडेल सक्रियताका तीन अर्थ

महाधिवेशनपछि देउवाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। महाधिवेशन अघि पार्टीमा पौडेलको दोस्रो वरीयता देउवाले खोसेनन्। र, देउवाका हरेक निर्णय र काममा पौडेल सहयोगीको भूमिकामा दखिँदै आएका छन्।
 |  शुक्रबार, चैत १८, २०७८
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, चैत १८, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- मंसिर २५ गते बिहान आफ्नै निवास बोहोराटारमा पत्रकारहरूसँग कुराकानी गर्दै रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियाबाट अलग भएको घोषणा गरेका थिए। आफू नेतृत्वकै गुटका प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न नसक्दा आफू सभापतिको साझा उम्मेदवार बन्न नपाएकोमा उनले रोएर गुनासो अभिव्यक्त गरेका थिए। पौडेलकै शब्दअनुसार १३औं महाधिवेशनका घाइते भएकाले १४औँ महाधिवेशनमा मल्हम लगाउने सपनामा भएको तुषारापातले उनलाई दुःखी बनाएको थियो।

महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवालाई सहयोग हुने गरी महाधिवेशनमा पौडेल मौन बसिदिएका थिए। देउवा सभापतिमा निर्वाचित हुनुमा पौडेलको मौन समर्थनले सहयोग गरेको धेरै कांग्रेसका नेता/कार्यकर्ताहरूको बुझाइ छ। देउवा सभापतिमा निर्वाचित भएपछि पौडेलले देउवालाई सहयोग गर्दै आएको कुराले उक्त बुझाइमा बल थपेको छ। 

चैत ११ गते बिहान ९ बजे मंसिर महाधिवेशनताका चुनावी प्रक्रियाबाट अलग भएको घोषणा गरेकै स्थान पौडेल निवास बोहराटारमा कांग्रेसका जिल्ला सभापति र केन्द्रीय नेतालाई पौडेलले बोलाएका थिए। पौडेलको आग्रहलाई स्वीकार गरेर केही जिल्लाका सभापति र केन्द्रीय नेता पुगे। सोही दिन चुनावी रणनीति, सत्ता गठबन्धनका दलहरूसँगको तालमेल र संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाइएकाले पौडेलले बोलाएको छलफल अर्थपूर्ण थियो।

प्रकाशित: Apr 01, 2022| 19:52 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...