बुटवल- रुपन्देहीको तिलोत्तमामा शुक्रबार दिउँसो एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ। तिलोत्तमा नगरपालिका–२ स्थित योगिकोटिमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ।
एउटै घरको दुई स्टरमा रहेका ती जनरल स्टोर र कोल्ड स्टोरमा लागलागी भएको हो। आगो अपरान्ह साँढे ४ बजे पूर्ण निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। आगलागीबाट पसलमा रहेका सामान जलेको छ।