काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो नयाँ दिल्ली अवतरण गरेका प्रधानमन्त्री देउवाले भाजपाका अध्यक्ष नाड्डाबीच भेटवार्ता भएको हो।
नाड्डाको निमन्त्रणामा प्रधानमन्त्री देउवा भाजपाको मुख्यालय पुगेका हुन्।
प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालयमा अध्यक्ष नाड्डाले स्वागत गरेका हुन्। यसअघि प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका थिए।
प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका हुन्। ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली अवतरण गरेका हुन्।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति वैंकया नायडुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।